कुहिँदै फास्ट ट्रयाकको काठ

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ कार्तिक २०७५, ०७ : २७
कुहिँदै फास्ट ट्रयाकको काठ

बारा । निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ । 

यो काठ सेनाले ट्रयाक खोल्ने क्रममा काटेर उत्पादन गरी १० महिनाअघि सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाएको थियो । 

सेनाले रुख काटेर सम्बन्धितलाई हस्तान्तरण गरेको १० महिना बित्दासमेत डिभिजन वन कार्यालयले लिलाम बिक्री आदेश नदिँदा काठ कुहिरहेको हो ।

प्रतिक्रिया दिनुहोस