जयपुर । राजस्थानको जयपुर–अजमेर राजमार्गमा रहेको भाङ्करोटा प्रहरी चौकी क्षेत्रमा भएको ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । ‘यस घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।
जसमध्ये ८ जनाको एसएमएस अस्पतालमा र एक जनाको जयपुरिया अस्पतालमा मृत्यु भएको हो ।’ जयपुरको सवाई मानसिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दीपक महेश्वरीले बीबीसी हिन्दीलाई भनेका छन् ।
घटनामा जलेका घाइतेहरूलाई जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताइएको छ । शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विस्फोट हुँदा यो दुर्घटना भएको थियो ।
प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्करमा विस्फोट भएको थियो । यस क्रममा ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो । दुर्घटनामा एउटा बस पनि पूर्णरुपमा जलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १२ : ५३
लेखकबाट थप