काठमाडौ । भक्तपुरको नलिन्चोकमा गएराति मोटरसाइकलको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर-४ घर भइ हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-१० नलिन्चोकमा डेरा गरि बस्ने ७० वर्षीय निमबहादुर मगर रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले गएराति १० बजे नलिन्चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको बनेपा-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
कैलालीमा पानीमा डुबेर मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो
तीव्र गतिको मोटरसाइकल टिपरमा ठोकिँदा युवकको मृत्यु