काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न उठ्न नहुने बताए । उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने भन्दै आफूले हस्तक्षेप गरेको भनेर भएका प्रचारमा कुनै सत्यता नरहेको बताए ।
‘उपकुलपतिलाई लागेको गर्न पाए हुन्थ्यो भनेर लागेको कुरा गर्नुचाहिँ विश्वविद्यालयको स्वायत्तता होइन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसो भएकाले हामी साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले हिजो मात्रै प्रधानमन्त्रीका कारण विलम्ब भयो भनेर अखबारमा छापिएको भन्दै निष्पक्ष र मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न आफूले भनेको बताए । ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस्, निष्पक्ष ढङ्गले काम होस् । मैले जहिले भन्ने त्यही हो’, प्रधानमन्त्रीले चलाउने कसरी भन्ने ख्याल गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली
कुनै बहानामा चिकित्सकलाई न्युनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली