नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।
ट्रिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।
ठक्कर दिने बागमती प्रदेश ३–०१–००३ क ७१८७ नं को टिपरमा स्थानीयले क्षति पुर्याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पुर्याएका थिए ।
पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
कैलालीमा पानीमा डुबेर मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो
तीव्र गतिको मोटरसाइकल टिपरमा ठोकिँदा युवकको मृत्यु