काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था बिस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको बताएका छन् ।
अर्थ समितिको बुधबार बसेको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दै छौँ । लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैन’, अर्थमन्त्री पौडेलले भने, ‘विदेशी मुद्रा सञ्चिति राम्रो छ । पर्याप्त तरलता र ब्याजदर घटेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौँ । यसमा थप सुधार आवश्यक छ । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’
गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा सरकारी राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार भने अझै संकलन हुन नसकेको अर्थमन्त्री पौडेलले बताए ।
विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको उनको भनाइ छ । आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तहका सरकारले कस्तो आयोजना कार्यान्वयन गर्ने भनेर स्पष्ट पारिनुपर्ने उनले बताए ।
‘हामीसँग हजारौँको संख्यामा खल्तीका आयोजना छन् । विस्तृत अध्ययन र सम्भाव्यताविना नै त्यस्ता आयोजनामा बजेट परेका छ । संघ सरकारको बजेटमा ७५ हजार रुपैयाँ लागतको योजना पनि परेको देखियो । यसरी हजार र लाखका योजना केन्द्र सरकारले राख्यो भने प्रदेश, स्थानीय तह, वडाले कस्ता योजना बनाउलान् र कार्यान्वयन गर्लान् ?’, उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल