वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।
निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो
रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने
रवि लामिछानेविरुद्ध अभियोजनमा त्रुटि गरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु