सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, २१ : ०३
सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ ।  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।   जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुर विरुद्ध १–०को ऐतिहासिक जित हासिल गरेको हो । 

सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको  खेलमा जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गरे ।  
एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । हालसम्म नेपालले सिंगापुरलाई हटाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस