काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समिति गठन भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् ।
समितिमा मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान् कोइराला, पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । यसैगरी पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधि प्रभावकारी बनाउन सल्लाह दिनेछ ।
‘उहाँको विज्ञताले मन्त्रालयको कामलाई अझै प्रभावकारी बनाउनेछ’, पौडेलले भने, ‘उहाँहरूको साथ, सहयोग, सुझावलाई लिएर अगाडि बढ्नेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको नि:शुल्क मुटुको उपचार गर्ने
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
स्वास्थ्य मन्त्रालयले सोध्यो डा क्षेत्रीलाई स्पष्टीकरण
सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्रालयमा आवश्यक स्वास्थ्य जनशक्ति थप्ने बाटो खुल्यो