नोभेम्बरमा बिहे गर्दैछन् दीपिका र रणवीर अनि प्रियंका र निकले

एजेन्सी

बुधबार, ०७ कार्तिक २०७५, १६ : ४३
नोभेम्बरमा बिहे गर्दैछन् दीपिका र रणवीर अनि प्रियंका र निकले

मुम्बई । बलिवुडका चर्चित दुई नायिकाहरु आगामी महिना विवाह बन्धनमा बाँधिन लागेका छन् । नोभेम्बर महिनामा दीपिका पादुकोणेले रणवीर सिंह होडासँग बिहे गर्दैछिन् भने प्रियंका चोपडाले निक जोनससँग ।

आजकाल बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको निकै चर्चा छ । विगत तीन वर्षदेखि डेट गरिरहेका दीपिका र रणबीर नोभेम्बर १४ र १५ मा विवाह बन्धनमा बाँधिदैछन् । दीपिका ३२ वर्ष पुगिन् भने रणबीर ३३ वर्षका भए । भारतीय चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणवीरसिंह होडाले विवाहको मिति सार्वजनिक गरेका छन् । नोभेम्बर १४ र १५ मा विवाह गर्ने उल्लेख गर्दै दिपिकाले सोसल साइट इन्स्टाग्राममा आफ्नो विवाहको कार्ड राखेकी छिन् । दुवैका फ्यानहरूले उनीहरूलाई शुभकामना दिएका छन्।

गत अगस्ट १८ मा इन्गेजमेन्ट गरेर सबैलाई चकित पारेका अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनसले  नोभेम्बर ३० मा बिहे गर्दैछन् । यो विवाह जोधपुरको दरबारमा हुनेछ। रिपोर्ट अनुसार प्रियंका र निकको विवाहको कार्यक्रम तीन दिनसम्म चल्नेछ । उनीहरुको विवाहमा निश्चित व्यक्तिहरु उपस्थित हुनेछन् । विवाहमा उनीहरुको नजिकको साथी र आफन्तहमात्र सहभागी हुनेछन् । त्यसपछि न्यूयोर्कमा बेहुलाबेहुली भेटघाट कार्यक्रम पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस