भरतपुर l नेकपा माओवादी केन्द्रले भोलि मंगलबार भरतपुरमा विशाल खबरदारी सभा गर्दैछ ।
बेथिति भ्रष्टाचार महङ्गी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए ।
उक्त सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट आउने विशाल जुलुस भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रम तय गरिएको महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए ।
खबरदारी सभामा दिउँसो १२ :३० बजे अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष सुमनले जानकारी दिए ।
माओवादीले यसअघि काठमाडौँमा विशाल खबरदारी सभा सम्पन्न गरिसकेको छ । त्यसपछि चितवनमा पहिलो खबरदारी सभा गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ मंसिर २०८१, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन