काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति (भीसी) केशरजंग बरालमाथि खनिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरेपनि माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि बढाएको दाबी गरेका छन् ।
‘सोही अनुसार माओवादी निकटका चित्रवहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजना अनुरूप २ नम्बरमा रहेका बराल भीसी बनाइए’, महासचिव पोखरेलले फेसबुकमा भनेका छन्, ‘सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइयो । त्यहाँ पनि सोही अनुसारको प्रक्रियाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए । अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।’
उनले यतिवेला पनि त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीका नाममा सोही समयको तत्कालीन सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लीन रहेको र मेरिट्रोकेसीको जामा लगाई दिएको बताएका छन् ।
‘अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरू धुवाधार रूपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन्’, महासचिव पोखरेलको दाबी छ ।
महासचिव पोखरेलले साँच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए छनौट कमिटीमा कुनै चासो वा हस्तक्षेप गर्नतिर लाग्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघी मनाउन एमाले महासचिव दाङमा
एमाले महासचिव पोखरेललाई भ्रातृशोक