काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् ।
आइतबार कला परिषदमा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायकसमेत नभएको उल्लेख गरे ।
उनले गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको उल्लेख गरे ।
उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेका चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरू प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन ।
प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालीन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण छ ।’
सञ्चारकर्मीहरूले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताए । उनले सरोकारवालाहरूसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य अस्पतालमै
अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाँदै
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी छैन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल