काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार स्थानीय तह उपनिर्वाचन, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण, केन्द्रीय समिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ । विभिन्न पदका लागि ४१ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादीले उत्साहपूर्णमत ल्याएको थियो ।
पालिकाको एक अध्यक्ष, एक उपप्रमुख पदसहित ११ स्थानमा जितेर दोस्रो दल बनेको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा बीआरआइलाई लिएर विभिन्न आशङ्का पैदा भएको थियो ।
यस्तै अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे बैठकले निर्णय गर्ने स्रोतले बताएको छ । असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलन उमेर हदको विवादका कारण स्थगित गरी मङ्सिर २३ र २४ मा सम्मेलन गर्ने निर्णय गरेको थियो । तर विद्यार्थीको नेतृत्व छनोटको विषयलाई पदाधिकारी तहमै प्रतिष्ठाको विषय बनेपछि सम्मेलन हुने नहुने अनिश्चित भएको छ । स्रोतका अनुसार पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्न सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड