काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।
यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
उता, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान गरिएको छ । हिमपातको सम्भावना रहेका कारण पर्यटन तथा पर्वतारोहणमा पर्न सक्ने क्षणिक वा आंशिक असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै