काठमाडौँ। प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक भेट गरेका छन् ।
गत शुक्रबार (१५ चैत) काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एक पटक भेट गरेका थिए ।
शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् ।
जिल्ला प्रहरी परिसरका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।
लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । मंगलबार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १८ : ३२
लेखकबाट थप