वीरगञ्जको बाल सुधारगृहमा होहल्ला, आधारभूत आवश्यकता पनि उपलब्ध नगराएको आरोप

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १६ : २१
वीरगञ्जको बाल सुधारगृहमा होहल्ला, आधारभूत आवश्यकता पनि उपलब्ध नगराएको आरोप

काठमाडौं । वीरगञ्जको विर्तास्थित बाल सुधारगृहका बालकहरूले मंगलबार दिउँसो होहल्ला गरेका छन् ।सेवा सुविधाको माग राखेर बाल सुधारगृहभित्रका बालकहरूले होहल्ला मच्चाएका हुन् ।

बाल सुधारगृहले सामान्य आधारभूत आवश्कयताहरू पनि उपलब्ध नगराएपछि विरोधस्वरूप उनीहरूले होहल्ला गरेको पाइएको पर्साका एसपी गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए ।

‘गर्मी अत्यधिक छ, पंखा छैन, पिउनेपानीको सुविधा राम्रो भएन । बत्तीका लागि वैकल्पिक व्यस्था गर्नुपर्‍यो लगायत माग राखेर उनीहरूले होहल्ला गरेका रहेछन् । यसबारे जानकारी पाउने वित्तिकै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित हामी सुधार गृह पुग्यौं,’ मिश्रले भने ।

असन्तुष्ट बालकहरूको माग सम्बोधन गर्ने विषयमा बाल सुधारगृह प्रशासनसँग छलफलपछि अवस्था सामान्य बनेको मिश्रले बताए ।

बाल सुधारगृह प्रशासनले बालकहरूको सामान्य आधारभूत आवश्यकताहरू पूरा गर्दै जाने र अन्य मागहरू पूरा गर्नका लागि आवश्यक बजेट प्रबन्धका लागि विभिन्न सरोकार पक्षसँग समन्वय गर्ने सहमति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस