बुटवल । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले मुलुकले औद्योगीकरणमा फड्को मार्न नसकेको बताएका छन् । रुपन्देही उद्योग संघले संघको ४७औं वार्षिकोत्सव एवम् औद्योगिक दिवसको अवसरमा बुटवलमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगिकरणमा फडको मार्न नसक्नु कमजोरी भएको स्वीकार्दै अब तीव्र गतिमा औद्योगिकरणमा जानुपर्ने बताए ।
सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसंग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै पौडेलले स्थानीयले जोतभोग गरिरहेको र वस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताए ।
औद्योगिक क्षेत्रका लागि सरकारले ८१३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो । तर वर्षौंदेखि बसोवास गर्दै आएको र जोतभोग गरिरहेको करिब तीन सय बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेर विरोध गरेका थिए ।
स्थानीयको विरोधका बीच शिलान्याश भएको तीन वर्ष सम्म पनि औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । ‘अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरुलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ’, अर्थमन्त्री पौडेलले भने, ‘औद्योगिक क्षेत्रहहरु निर्माण र सञ्चालनले उत्पादन बढाएर तथा रोजगारी सिर्जना गरेर मात्रै देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल