विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

मंगलबार, ०६ कार्तिक २०७५, ०९ : ३८
विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । 

तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

“समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ” मुख्यमन्त्री पोखरेलको भन्नुभयो । 
मुख्यमन्त्री पोखरेलले दाङमा सिँचाइ र खानेपानीको समस्या रहेको भन्दै माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै उहाँले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । 
अन्तक्र्रियामा नगरप्रमुख घनश्याम पाण्डेले बृहत् गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गर्नुभयो । सडक बजेटलाई खण्डखण्ड बनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर बृहत् सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गर्नुभयो । 
कार्यक्रममा संविधानसभा सदस्य वुद्धिराम भण्डारी र पूर्व सांसद गेहेन्द्र गिरीले दाङलाई राजधानी बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस