काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने मिति नजिकिएपछि काँग्रेसले पार्टीभित्र पनि बीआरआईको विषयमा छलफल चलाइरहेको छ। बीआरआई अन्तर्गत ऋण स्वीकार नगर्ने, अनुदान भएमात्रै लिने काँग्रेसको नीति छ ।
प्रधानमन्त्री ओलीले पनि ऋणसम्बन्धी सम्झौता नहुने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा