काठमाडौं। भारतको लोकसभाका विपक्षी नेता एवं कांग्रेस सांसद राहुल गान्धीले देशमा दलित, आदिवासी, पिछडा वर्ग र गरिबको पक्षमा बोल्नेको आवाज दबाउने काम भइरहेको टिप्पणी गरेका छन् ।
संविधान दिवसको अवसरमा भारतको तालकटोरा स्टेडियममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतमा पछिल्ला तीन हजार वर्षदेखि दलित, आदिवासी, पिछडा वर्ग र गरिबको कुरा गर्नेहरूको आवाज दबाउने काम भइरहेको बताए ।
उनले जति आवाज दबाउने कोसिस गरेपनि आफू यो वर्ग र समुदायको पक्षमा बोल्न नछोड्ने उल्लेख गरे । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले समेत सरकारको आलोचना गरे । 'आज भारतीय जनता पार्टीको बहुमत छैन।
यो अल्पमतको सरकार हो। उनीहरूले टीडीपीका नेता एन. चन्द्रबाबु नायडू र बिहारका मुख्यमन्त्री नितीश कुमारको सहयोगमा सत्ता चलाइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी यी दुई खम्बाबाट चलिरहेका छन्', उनले भने ।
कसैले यी खम्बामध्ये एउटा हटायो भने सरकार ढल्ने उनको भनाइ छ । नरेन्द्र मोदी नेतृत्वको सरकार आफ्नो बलमा खडा नभएको उनले दोहोर्याए । खड्गेले विपक्षी दलहरूको एकता र संघर्षले सरकारलाई दबाबमा राखेको भन्दै सबै विपक्षी दललाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १६ : ३८
लेखकबाट थप