काठमाडौँ । सिराहा, सिन्धुली र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सिराहा, बरियारपट्टी गाउँपालिका-३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
सिन्धुली, मरिण गाउँपालिका-७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३-००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका-७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र.१-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल-०१ एडी ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु