सहकारीले आफ्नो उद्देश्यको परिधिभित्र रहेर काम गर्नुपर्छ : मन्त्री अधिकारी

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, १५ : २०
सहकारीले आफ्नो उद्देश्यको परिधिभित्र रहेर काम गर्नुपर्छ : मन्त्री अधिकारी

बुटवल। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थालाई लक्ष्य र उद्देश्यमा रहेर सञ्चालन गर्न आग्रह गरेका छन् । आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले केही सहकारीले नीति र उद्देश्यविपरीत कारोबार गर्दा समग्र क्षेत्र बदनाम हुन पुगेको बताए ।

‘सरकार समग्र सहकारी क्षेत्रका समस्या समाधान गर्न प्रतिबद्ध छ,’ अधिकारीले भने, ‘सरकार सहकारी ऐन–२०७४ संशोधन गर्ने तयारीमा छ । ऐन बनाएको ५ वर्षमै ऐनले काम नगरेपछि संशोधन गर्नुपर्ने अवस्था आयो । सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

 

 

 

 

 

देशभर ३१ हजार ४०० सहकारी छन् । स्थानीय तह, प्रदेश र संघमा दर्ता हुन्छन् । जुन तहमा दर्ता भएर सञ्चालन भएको सहकारीमा समस्या देखिएको छ, त्यसको समाधानको पहल नै सोही तहले गर्नुपर्ने मन्त्री अधिकारीले बताए ।

बचत तथा ऋणको कारोबारमा मात्र नभई उद्यमशीलता विकासमा सहकारीहरूको ध्यान जानुपर्नेमा मन्त्री अधिकारीको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस