पदभार ग्रहण गर्दै भूमिमन्त्री अधिकारीद्वारा २ निर्णयमा हस्ताक्षर

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १४ : ४६
पदभार ग्रहण गर्दै भूमिमन्त्री अधिकारीद्वारा २ निर्णयमा हस्ताक्षर

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले २ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्री अधिकारीले झापाको साबिक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्बन्धी समिति गठन आदेशका लागि कानुन मन्त्रालय पठाउने र मन्त्रालय अन्तर्गतका निकायबाट निर्देशन माग गर्दाको ढाँचा स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस