एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, १२ : ३४
एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो शुक्रबारदेखि हुने एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आइतबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो  ।

टोलीमा अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिश विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव अटाएका छन् । यसैगरी, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार पनि टोलीमा अटाएका छन्।

१८ जना भित्र रहेका दिलसद अली, राजेश यादव र दयान्द यादवले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।

मंसिर १४ देखि २३ सम्म यूएईमा हुने एसिया कपमा नेपालले पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग, दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र समूहको अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।   

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस