काठमाडौँ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को बैठकमा जानुअघि सभामुख देवराज घिमिरेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
सभामुखले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा कम्बोडिया भ्रमण कार्यक्रम, संसदीय गतिविधि लगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले दिएको जानकारी अनुसार सभामुख घिमिरेले विश्व मञ्चमा नेपालको शान्ति निर्माणमा भएका प्रयासबारे धारणा राख्ने जानकारी भेटमा दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले आईपीटीपीको मञ्चमा नेपालको तर्फबाट मुलुकको शान्ति स्थापनामा भएका प्रयासबारे सम्बोधन गर्ने तय भएको छ ।भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले सभामुखको भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन् ।
कम्बोडियाको राजधानी नोम पेन्हमा मंसिर ८ देखि ११ गतेसम्म हुने आईपीटीपीको ११औँ बैठकमा सहभागी हुन सभामुख घिमिरे ५ सदस्यीय संसदीय टोलीको नेतृत्व गर्दै शुक्रबार कम्बोडिया प्रस्थान गर्दैछन् ।
११ औँ बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबिचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा विश्वभरका सरकार, संसद् र नागरिक समाजका अगुवाहरूको सहभागिता रहने बताइएको छ । सभामुखले कम्बोडियाली संसद्का सभामुखसहित केही समकक्षीसँग साइडलाइन वार्ता गर्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे