काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए । उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन
नेकपा बहुमतले शुक्रबार महाअधिवेशन गर्दै