काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई कार्यदल गठन गरेको छ । मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।
त्यस्तै पालिका सम्मेलनको कार्यविधि बनाउन महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो । जसमा उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन् ।
बैठकले कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा माओवादीको प्रथम विधान अधिवेशन भएपनि अहिलेसम्म माओवादी केन्द्रले विधानको खाकालाई अन्तिम रुप दिएको छैन ।
त्यसैगरी माओवादी केन्द्रले पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन कार्यदल बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन