भक्तपुर । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।
अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमका अनुसार अब प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरंग सेवा उपलब्ध गराउँदै आएको थियो । प्रदेश सरकारले उपकरण प्रदान गरेपछि सेवा सञ्चालन भएको हो ।
यसैबीच, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ मंसिर २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार