रौतहट । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि रौतहटको तीनवटै वडाको अध्यक्ष पदको उम्मेदवारलाई टिकट वितरण गरेको छ। आगामी मङ्सिर १६ गते आइतबार रिक्त पदहरूमा रौतहट सहित देशैभर स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।
रौतहटको गढीमाई नगरपालिका–८, राजपुर नगरपालिका–६ र इशनाथ नगरपालिका–७ गरी तीन ठाउँमा उपनिर्वाचन हुन लागेको छ। नेपाली कांग्रेसले यस अघि नै चयन गरेका यी तीनवटै वडाको अध्यक्ष पदका उम्मेदवारलाई टिकट वितरण गरेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन्।
कांग्रेसबाट गढीमाई नगरपालिका–८ मा सुबोध कुमार यादव, राजपुर नगरपालिका–६ मा सम्से आलम र इशनाथ नगरपालिका७ मा शेख अब्दुल खलिकले टिकट पाएको प्रचार विभाग प्रमुख गुप्ताले बताए।
उपनिर्वाचन हुन् लागेको जिल्लाको यी तीनवटै वडामा कांग्रेसका ठुलो जनाधार रहेकोले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा तीनवटै वडा कांग्रेसले नै जित्ने गुप्ताको दाबी छ।
आज मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेकोले मनोनयन दर्ता कार्यक्रममा भारी सङ्ख्यामा नेता कार्यकर्तालाई सहभागी हुन उनले सबैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएल सिंहको निधनमा कांग्रेसले तीन दिन पार्टी झन्डा झुकाउने
पिएल सिंह निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
काँग्रेसले भन्यो- रविलाई सरकारले जिल्ला-जिल्लामा घुमाएको होइन, कुनै पूर्वाग्रह पनि छैन
तनहुँमा ५० बढी काँग्रेस कार्यकर्ता माओवादी प्रवेश
रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खोज्यो : काँग्रेस सांसद शर्मा
सरकारी कर्मचारीलाई ३ सेवामा वर्गीकरण गर्न कांग्रेस महामन्त्री थापाको प्रस्ताव