गोठालो गएकी ७ वर्षीया बालिका बलात्कृत

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०७५, ०९ : ४८
गोठालो गएकी ७ वर्षीया बालिका बलात्कृत

अछाम । अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ ।

दुवै घटनामा संलग्न भएको आरोपमा अछाम प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको प्रहरीले जनाएको छ ।

गत ३ असोजमा गोठालो गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गोठालो गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब बालिका भागेर घरमा पुगेपछि उनको कर्तुत सार्वजनिक भएको हो ।

त्यसपछि प्रहरीले थालेको अनुसन्धानको क्रममा अर्को घटना पनि पत्ता लागेको थियो ।  ती युवकमाथि थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस