भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा ७ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०८१, १६ : १४
भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको बिजनौर भन्ने स्थानमा भएको दुर्घटनामा अटो रिक्सा चालकसहित सात जनाको मृत्यु भएको हो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार क्रेटा कारले कुनै एक गाडिलाई ओभरटेक गर्दै थियो, त्यहीबेला अचानक लेन बदल्दा अटोरिक्सालाई ठक्कर दिएको थियो । ६ जनाको दुर्घटनास्थलमै र अटो रिक्सा चालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकहरु सबै भारतको धामपुर भन्ने स्थानका हुन् । उनीहरु मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा शोक व्यक्त गर्दै घटनास्थलै पुगेर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस