काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो ।
९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा यो सेक्टर ४.२ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे । बैंकिङ १.३७, होटल तथा पर्यटन ०.०६, लगानी १.११, जीवन बीमा १.१९, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा १.२३, अन्य ०.८३ तथा व्यापार समूह १.६१ प्रतिशत घटे ।
सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशत मूल्य बढ्यो ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो । समाज लघुवित्तको ४.९३, एनएलजी इन्स्योरेन्सको ४.०४ तथा बुटवल पावरको मूल्य ३.६३ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार
बढेको सेयर बजारमा घट्यो कारोबार
१२.५८ अंकले बढ्यो बजार, परिसूचक २६०१ बिन्दुमा
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से