काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीमा उद्योग, पर्यटन, कृषि, फलफूल, जडीबुटी प्रशोधन र स्वास्थ्य क्षेत्रबाट लाभ लिन सकिने प्रचुर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुआनलगायत जुनसुकै प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवश्यक नीतिगत सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।
लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कूटनैतिक नियोग मार्फत पत्रचार हुने जानकारी गराए ।लुम्बिनीमा हुने लगानी सम्मेलनमा सिचुआन प्रदेश सरकार, निजी क्षेत्रका लगानीकर्ताहरू, कम्पनीहरू, संघ-संस्थालाई सहभागी हुन मुख्यमन्त्रीले अनुरोध गर्दै मुख्यमन्त्री आचार्यले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको एक महत्त्वपूर्ण र नमुना स्थल बनाउन लुम्बिनीमा लगानी भित्राउन आवश्यक रहेको बताए ।
सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधिकृत विकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरे ।मुख्यमन्त्रीले सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनिया जनतालाई लुम्बिनी भ्रमण गर्न आमन्त्रण समेत गरेका छन् ।
सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा बीच सिधा हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे । सिधा हवाई सेवा सुरु हुँदा लाखौँ बौद्धमार्गी चिनियाँलाई लुम्बिनीमा ल्याउन सकिने मुख्यमन्त्रीले बताए ।
सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनिया विकास मोडेल, प्रविधि तथा समृद्धिबाट नेपालले सिक्न चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य
वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल
ढकालले पाए कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी