‘छक्का पञ्जा ३’ ले ८ दिनमा कमायो ८ करोड ४० लाख ,आफ्नो रेकर्ड तोड्दै

विहीबार, ०१ कार्तिक २०७५, १५ : १९
‘छक्का पञ्जा ३’ ले ८ दिनमा कमायो ८ करोड ४० लाख ,आफ्नो रेकर्ड तोड्दै

चितवन : असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले ८ दिन सम्म करिब ८ करोड माथिको कलेक्सन गरेको छ ।चलचित्र प्रदर्शन आएको दिन देखि आज सम्म पनि राजधानी र मोफसलका सबै सिनेमा हलमा चलचित्र हाउसफुलका साथ प्रदर्शन भै रहेको छ।

२४ गते बाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ ले पहिलो दिन १ करोड ३० लाखको कलेक्सन गरेको छ ।बिना बिदाको दिन पनि यति धेरै कलेक्सन गर्दै ‘छक्का पञ्जा ३’ एउटा नया रेकर्ड राखेको छ ।चलचित्र प्रदर्शनमा आएको द्रोस्रो दिन चलचित्रले ९० लाखको हाराहारीमा व्यापार गरेको छ भने तेस्रो दिन पनि ९० लाख नजिकको व्यापार गरेको छ ।

शनिबार चौथो दिन सम्म आईपुग्दा पनि देशभर आक्रमक ब्यापार गरेको थियो दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ ले शनिबार मात्रै देशभर १ करोड ८० लाख भन्दा माथिको ब्यापार गर्दै एक दिनमा सबै भन्द बादी व्यापार गर्ने आफ्नै फिल्मको रेकर्ड तोड्न सफल भएको थियो ।यस अघि ‘छक्का पञ्जा २ ’ले एक दिनमा १ करोड ५३ लाखको व्यापार गरेको थियो ।

चलचित्रले पाचौ दिनमा करिब ८० लाख,छैटौ दिनमा ८५ लाख,सातौ दिनमा ९० लाख र आठौ दिन सम्म आउदा करिब ९५ लाखको हाराहारी कलेक्सन गर्न सफल भएको छ । यसरि चलचित्र प्रदर्शनमा आएको आठौ दिन सम्म करिब ८ करोड ४० लाखको कलेक्सन गरि सकेको छ । तर चलचित्रको निर्माण युनिटले अहिले सम्मको अधिकारिक कलेक्सन सार्वजनिक भने गरेको छन् ।

यस अघिका छक्का पञ्जा क सिरिजले जस्तै ‘छक्का पञ्जा ३’ले चितवनमा पनि सानदार कलेक्सन गरेको छ ।राजधानी पछि सबै भन्दा बढी व्यापार हुने चितवनमा ‘छक्का पञ्जा ३’ले आठ दिनमा करिब ८० लाखको नजिक व्यापार गरि सकेको छ ।

चलचित्रले ‘वर्ड अफ माउथ’ निकै राम्रो पाईरहेको छ । चलचित्र हेरिसकेका सबै दर्शकहरुले ‘छक्का पञ्जा’ को अहिले सम्म कै सबै भन्दा राम्रो सिरिज ‘छक्का पञ्जा ३’ भएको बताएका छन् । चलचित्रको कथा बस्तु, निर्देशन,कलाकारहरुको अभिनय, चलचित्रको प्रस्तुतीकरण सबैको दर्शकहरुले खुलेर तारिफ गरेका छन् ।

चलचित्र ‘छक्का पञ्जा ३’ले चलचित्र छक्का पञ्जा को १६ करोड कलेक्सनको रेकर्ड समेत तोड्न सक्ने अनुमान अहिले फिल्म क्षेत्रमा लगाउन थालिएको छ।फूलपाती बाट जय भोले प्रदर्शनमा आए सगै केहि सो कम गरिएको ‘छक्का पञ्जा ३’लाई बिस्तारै हलले सो थप्दै गरि रहेका छन् । ‘छक्का पञ्जा ३’हेर्ने दर्शकको भिड र जय भोलेको ‘वर्ड अफ माउथ’ सोचे जस्तो नहुदा ‘छक्का पञ्जा ३’को बिस्तारै सो बढ्दै गैरहेको छ। सामाजिक सन्जाल भरी ‘छक्का पञ्जा ३’ लाई सकारात्मक प्रतिकृया मिलिरहेको छ ।

चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला आदिको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस