वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का प्रमुख जेरोम पावेलले आफ्नोबारे गरिएका अनुमानमा प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि पावेलको स्थितिबारे अनिश्चितता बढेको अड्कलबाजी तीव्र भइरहेको समयमा उनको प्रतिक्रिया आएको हो ।
ट्रम्प आफैँले उनलाई पद छोड्न भने पनि त्यसो नगर्ने पावेलले बताएका छन् । उनले भने, ‘ह्वाइट हाउसले आफूलाई राजीनामा दिने दबाब दिनु गैरकानुनी हो ।
ट्रम्प प्रशासनको समयमा अमेरिकी अर्थतन्त्र कुन गतिमा अगाडि बढ्छ वा उनको नीतिले यसलाई कसरी असर गर्छ भन्नु जल्दबाजी हुने पनि पावेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १२ : ३४
लेखकबाट थप