काठमाडौँ । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए । कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताएका थिए । यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गरेका थिए ।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा दोस्रो जित हो । यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एटलेटिको म्याड्रिड २३औ स्थानमा छ । त्यस्तै पिएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । ४ खेलमा ४ अंक हासिल गरेको पिएसजी २५औ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बार्सिलोनाकाे पोर्टोमाथि २-१ को रोमाञ्चक जित