बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै ढिलासुस्तीलाई नसहने उनले स्पष्ट पारे ।
दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा आज आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए।
उनले निर्माण व्यवसायीको आफ्नो इज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि समयमा सम्पन्न गर्नुपर्ने बताए । यो बहुउद्देश्यीय पार्कमा प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तरगत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माणको अघि बढेको हो । नागाअर्जुन/शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो ।
बहुउदेश्यीय पार्क अन्तरगत दहको मूल गेट, ड्याम, लगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आयपछि मुख्यमन्त्री र विभागीय मन्त्रीले यस बारेमा चासो दिएका हुन् ।
सो अवसरमा पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटकीय क्षेत्रलाई पूर्वाधारमा सम्पन्न बनाउने गरी सरकारले योजना अघि बढाएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
प्रहरी सङ्गठनलाई रूपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य
स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
स्वास्थ्य सेवालाई चुस्त बनाउनुको विकल्प छैन : मुख्यमन्त्री आचार्य