सरकार विधिको शासनमा अगाडि बढ्छ : काँग्रेस

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०८१, १८ : २६
सरकार विधिको शासनमा अगाडि बढ्छ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगरले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिँदै सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि सबैमा शुभकामना व्यक्त गरे ।

काँग्रेस नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोके अनुसार सबै काम सबै मन्त्रालयले पूरा गरेको बताए । विपक्षीले उठाएका कुरा कति सत्य छ भन्ने समय क्रमले देखाउने उल्लेख गदै उनले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको बताए । 

शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकको निर्णय अनुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ । संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रूपमा हुने प्रतिबद्धता पनि उनले जनाए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस