‘जय भोले’ आजबाट प्रदर्शन

मंगलबार, ३० असोज २०७५, १३ : ०२
‘जय भोले’ आजबाट प्रदर्शन

यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र ‘जय भोले’ आजबाट देशभर एक साथ प्रदर्शनमा आएको छ । चलचित्र ‘छक्का पञ्जा ३’ को बर्चश्व रहिरहेको बेला ‘जय भोले’ प्रदर्शनमा आएको हो । खगेन्द्र लामिछानेद्वारा लिखित ‘जय भोले’ ले मित्रता र मायाको कथा बोकेको निर्माण टिमले बताएको छ । चलचित्रमा खगेन्द्र ‘भोले’ को भूमिकामा रहेका छन् अशोक शर्मा निर्मित तथा निर्देशित चलचित्रमा खगेन्द्र सँगै सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल आदिको मुख्य अभिनय रहेको छ ।

राजु ढुंगानाले सम्पादन गरेको चलचित्रमा राजनराज सिवाकोटिको संगीत रहेको छ । यस्तै चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ । जय भोले’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र जय भोलेले मल्टिप्लेक्समा सर्वाधिक शोज पाएको छ । चलचित्रलाई सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीका ५ वटा हलहररुमा आज पहिलो दिन आज कुल २४ शोज दिएको छ । यस्तै दोस्रो दिन भोली बुधवार पनि चलचित्रलाई २४ शोज नै दिने जनाएको छ ।

क्यूएफएक्सको चितवनमा रहेको जलमा हलमा चलचित्रले ६ शोज पाएको भने पोखराको सिनेप्लेक्समा ५ सोज तथा नेपालगञ्जको बाग्गेश्वरीमा समान ५ शोज नै दिएको छ । यसरी चलचित्रले क्यूएफएक्समा मात्रै ४० पाएको छ । यो क्युएफएक्समा कुनै पनि नेपाली चलचित्र यती धेरै शोज पाएको पहिलो पटक हो । यस्तै चलचित्रले अन्य हलहरुमा पनि राम्रो शोज पाएको छ । चलचित्रले सिङगल थियटरमा पनि राम्रो शोज पाएको छ ।

सिङगल थिएटरमा मात्र ‘जय भोले’ ले ७० भन्दा बढी शोज पाएको छ । ‘छक्का पञ्जा ३’ ले राम्रो वर्ड अफ माउथ पाईरहेको बेला ‘जय भोले’ लाई दर्शक पाउन त्यती सजिलो भने हुने छैन । तर १२ बर्ष पछी कमब्याक गरेका निर्देशक शर्माको फिल्मलाई ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत र ट्रेलरबाट पाएको प्रतिकृयाले भने निकै राम्रो हाईप मिलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस