रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०८१, १० : ४८
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय

file Photo

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार बैठकमा। समसामयिक राजनीतिक गतिविधि,  आगामी कार्यदिशा  र विविध गरी तीन जना एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको रास्वपाले बैठकबाट यसबारे आवश्यक थप निर्णय लिने बताइएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस