काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवशेन आगामी वैशाखमा नहुने निश्चित भएको छ । तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारणले पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन नहुने भएको हो ।
१ र २ असोजमा बसेको राष्ट्रिय भेलाले २५, २६ र २७ २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । १२ मा बसेको केन्द्रीय समिति बैठकले महाधिवशेनको स्थानका लागि चितवन तय गरेको थियो ।
पूर्वनिर्धारित कार्यतालिका कार्यान्वयन भएको भए यो महिनामा पालिका र जिल्ला अधिवेशन सकिने थियो । तर, वडा तहको अधिवेशन अघि नबढ्दा पालिका संरचनाको अधिवेशनले गति लिन सकेको छैन । यसले समग्र तालिका नै प्रभावित भएको छ ।
हालसम्म ६ वटा पालिकाको मात्रै अधिवेशन सकिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘कार्यतालिका अनुसार यतिबेला जिल्लाको अधिवेशन हुनुपर्ने हो । तर, तोकिएको समय अनुसार हुन सकेको छैन, बुर्लाकोटीले अनलाइनखबरसँग भने ।
महाधिवेशनकेन्द्रित छलफल गर्ने गरी अर्को साता रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । महाधिवशेन तोकिएकै समयमा गर्ने गरी विकल्पमा पार्टी भित्र अनौपचारिक छलफल भइरहेको छ ।
तल्लो तहको अधिवेशन नगरी केन्द्रीय तहको गर्ने वा नयाँ कार्यतालिका बनाएर तहगत अधिवेशन गराउँदै केन्द्रको गर्ने गरी दुई विकल्पमा केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार