बाढीले ल्याएको फोहोर सफाइ अभियानमा ललितपुर महानगरपालिका

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०८१, १० : ४२
बाढीले ल्याएको फोहोर सफाइ अभियानमा ललितपुर महानगरपालिका

ललितपुर। बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर ललितपुर महानगरपालिकाले सफा गरेको छ । असोज ११ र १२ गते आएको बाढीका कारण बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर आजदेखि महानगरपालिकाले सफा गर्न सुरु गरेको हो ।

बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म यो अभियान जारी रहेन महानगरले जनाएको छ ।महानगर अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस