काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्य विनायकमा सार्न नदिने प्रष्ट पारेका छन् ।
बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।
यस्तै, उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रक्रियामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेण्डर गरिसकेका छौँ त्यो मूल्याङ्कनको चरणमा छ । हामी टिका भैरवको पानी ल्याउँछौँ र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कूलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौँ भनेको थिए त्यो काम होला होला जस्तो भइरहेको छ ।’
चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर लयाए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्य विनायकमा सार्न भने नदिने दाबी गरे । ‘आज हाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्य विनायकमा सार्न दिँदैनौ । तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाहिँ हामी सार्न दिँदैनौ,’ महर्जनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडीयाखाना साँघुरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औंल्याएको थियो ।
त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्य विनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलान्यास समेत गरिसकेका छन् तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले ल्याएको फोहोर सफाइ अभियानमा ललितपुर महानगरपालिका
चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल