काठमाडौंको आलोकनगरमा छतबाट लडेर मजदुरको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १० : ५०
काठमाडौंको आलोकनगरमा छतबाट लडेर मजदुरको मृत्यु

काठमाडौं। काठमाडौंको आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा  नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आलोकनगरस्थित भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस