काठमाडौ । शनिबार बिहानै पनि बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो ।
त्यसको परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । परकम्पका रूपमा अझै ४ म्याग्नेच्युटको भूकम्प जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिलेसम्म १ देखि ३ म्याग्नेच्युटसम्मको करिब छ वटा जति परकम्प गइसकेको छ ।
नेपालको गोरखादेखि पश्चिमको भू–भागमा ८ म्याग्नेच्युटभन्दा माथिको ठुलो भूकम्प जान सक्ने शक्ति थुप्रिएको छ । तर पूर्वसतर्कता कमजोर हुँदा जनधनको जोखिम बढ्दै गएको भूकम्पविद्हरूले औँल्याएका छन् ।
२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युटको ठुलो भूकम्प गएपछि मध्य क्षेत्रमा शक्ति केही मत्थर अवस्थामा छ । नेपालको पूर्वतर्फ पनि ठुलो भूकम्पको खतरा उत्तिकै छ । पूर्वभन्दा बढी उच्च जोखिममा रहेको पश्चिमी भू–भागमा विगत केही वर्षयता साना तथा मझौला भूकम्पले निरन्तर धक्का दिइरहेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ पुस २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
दिल्लीमा भूकम्प गएपछि मोदीको अपिल : सतर्क रहनुहोस्
नयाँ दिल्लीमा भूकम्पको धक्का
जुम्लामा लगातार दोस्रो भूकम्प
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
पर्वत केन्द्रबिन्दु भएर भूकम्पको धक्का