काठमाडौँ । एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् ।
आफ्नो चरित्रहत्या गर्नेलाई विद्यतुीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हु्न् ।
फेसबुक रिलमार्फत एक व्यक्तिले आपत्तिजनक फेक भिडियो बनाएर चरित्रहत्या गरेकाले कानुन बमोजिम कारबाही माग गर्दै शनिबार व्युरोमा निवेदन दिएको समीक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।
‘मेरो व्यक्तिगत र पारिवारिक जिवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, उनले भनिन्, ‘साइबर व्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएको छु ।’
अधिकारीले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जिवनलाई असर पर्ने गरी गैरकानूनी क्रियाकलाप नगरीदिन सबैसँग अनुरोध समेत गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एआईबाट भिडियो बनाएर गायिका समीक्षाको चरित्रहत्या
गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण
पूजा शर्माविरुद्ध खनिइन् समीक्षा अधिकारी
आजभोलि आफैँलाई म लडाकुजस्तो लाग्छ : समीक्षा अधिकारी
माया र करुणाको नाटक गर्ने पनि बलात्कारी छन्, फाँसी दिनुपर्छ : समीक्षा अधिकारी
गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक