यस्ता छन् सामान्य प्रशासनमन्त्रीका २५ बुँदे उपलब्धि

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १५ : ५१
यस्ता छन् सामान्य प्रशासनमन्त्रीका २५ बुँदे उपलब्धि

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री भएको १०० दिन पुगेको अवसरमा मन्त्री गुप्ताले  मंगलबार आफ्ना मुख्य २५ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

जसमा संघीय निजामती सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात् राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस