आज यी नदीहरूको बहाव बढ्न सक्ने

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, ०८ : ४१
आज यी नदीहरूको बहाव बढ्न सक्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बाढी पूर्वानुमान महाशाखा आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

आज झापा, ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, कास्की, बाग्लुङ, रोल्पा, दाङ, बाँके र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव बढ्ने पूर्वानुमान छ ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस