भिम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०८१, १९ : ४३
भिम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।

पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ । महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्बोधन गरिने पनि उनको भनाइ छ ।

‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं’, पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस